कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

2.91k
Shares

काठमाडौं ।

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डप खुकुरी प्रहार भएको छ।  रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको ढुंगेलले जानकारी दिए। खुकुरी प्रहार गर्ने सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।