सुनको मूल्य घट्यो, आज कतिमा हुँदै कारोबार ?



काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्