६० किलो सुन प्रकरणमा दिपेश पुनसँग सीआईबीले लियो बयान



काठमाडौँ।

त्रिभुवन विमानस्थल बाहिरबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।

साे प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले कार्यालयमै बोलाएर दीपेशसँग बयान लिएको हो । दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी स्रोतले बतायाे ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्