आइपीबीइएसको ब्युरो उपाध्यक्षमा डा.ओली निर्वाचित



काठमाडाैं ।

यही  २८ अगष्टदेखि ०२ सेप्टेम्बरसम्म जर्मनीमा सम्पन्न जैविक विविधता र पारिस्थितीकीय प्रणाली सम्बन्धी अन्तर सरकारी विज्ञान तथा नीति मञ्च (आइपीबीइएस) को दशौ सम्मेलनबाट आगामी ३ वर्षको लागि उक्त संस्थाको ब्युरो उपाध्यक्षमा पूर्व सचिव डा. विश्वनाथ ओली निर्वाचित भएका छन् ।

डा. ओली लामो समयदेखि वन, जैविक विधिधता, वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका छन् । उनले सन २०१९-२०२१ सम्म कृषि तथा खाद्य संगठनको एसिया प्रशान्त वन आयोगको उपाध्यक्षको रूपमा कार्य गर्नुका साथै नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय सन्यन्त्रको बैठकमा सहभागिता जनाएका छन् ।

सन् २०१२ मा एक अन्तरसरकारी निकायको रूपमा स्थापना भएको यो मञ्चको नेपाल लगायत १४१ देश सदस्य छन् । यसको मुख्य उद्देश्य जैविक विविधताको संरक्षण र दिगो उपयोग, दीर्घकालीन मानव कल्याण र दिगो विकासको लागि जैविक विविधता र पारिस्थितिक प्रणाली सम्वन्धी कार्य गर्नु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्