गठ्ठाघरमा एक महिलाले गरिन् आत्महत्या



भक्तपुर ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।

सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल उक्त कोलोनीमा  बस्ने बर्ष ६५ की सीतादेवी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सोही घरसँग जोडिएको गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भर्याङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्