गिरिबन्धु टि स्टेट प्रकरणबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ : सांसद खतिवडा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गिरिबन्धु टि स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उनले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न पनि सचेत गराए ।

सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरु पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।

सांसद खतिवडाले जनप्रतिनिधिहरुले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए ।