६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

0
Shares

काठमाडौँ।

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको सीआईबीले जनाएको छ।

स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ।

यससंगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।