उडान रोकिँदा नाबालकको ज्यान गएको भन्दै प्राधिकरणका महानिर्देशकविरुद्ध रिट दर्ता

0
Shares

काठमाडौँ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ। नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा हवाई उडानमा रोक लगाउँदा हवाई सेवा अबरुद्ध भएको र त्यहाँका नागरिकलाई ज्यान गुमाउनु परेको भन्दै अधिकारी सहितलाई विपक्षी बनाई रिट दर्ता भएको छ। प्राधिकरणले गत साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो।

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो।

हवाई उडान रोकिँदा हुम्लामा उडान हुन नपाई एक बालकको ज्यान गएको दावीसहित निर्णयकर्तालाई कारबाहीको आदेश माग गर्दै अधिवक्ता गणेशबहादुर ओलीले आाइतबार रिट दायर गरेका हुन्।

हवाई उडानमा रोक लगाउने निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्।