होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

0
Shares

काठमाडौँ।

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लाग्दा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

शुक्रबार अपराह्न साढे ३ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा उनी गम्भीर घाइते  भएका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार उनको मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। करेन्ट कसरी लाग्यो यसबारे अनुसन्धान भइरहेको बताइएको छ।