नेपालको नक्सा विवाद कूटनैतिक संवादले सुल्झाए मात्रै सुल्झीन्छ : मन्त्री साउद

0
Shares

ओखलढुंगा ।

परराष्ट्र मन्त्री नारायण प्रकाश (एन पी) साउदले नक्सा र सीमाका बारेमा उत्पन्न विवादलाई कूटनीतिक तवरले समाधान गरिने बताएका छन् । नेपालले आफ्नो सार्वभौम नक्सा सांसदबाट सर्बसहमतीमा पास गरिसकेको र  नेपाल सरकार आफ्नो नयाँ नक्सामै प्रतिबद्ध रहेको समेत मन्त्री साउदले बताएका छन् ।

मन्त्री साउदले सबै छिमेकी मुलुकहरू लगायत अन्तर्राष्ट्रिय समुदायले समेत नेपालको नक्साको सम्मान गर्नु पर्ने आफ्नो धारणा रहेको बताएका छन् । तत्कालीन सरकारले काम गर्ने सिलसिलामा नाक्सा पास गरी सके पछि प्रोपर च्यानलबाट अन्य मुलुकहरूमा नपठाएका कारणले छिमेकी मुलुकमा अन्योलता भएको मन्त्री साउदले बताएका छन् । मन्त्री साउदले नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरी सके पछि जारी गरिएको नक्साको नोट अन्य मुलुकहरूमा पठाएको  तथ्य हालको सरकारले फेला पार्न नसकेको बताएका छन् ।

यसरी तत्कालीन सरकारले त्रृटी गर्दा छिमेकी मुलुक लगायत अन्तर्राष्ट्रिय समुदायहरु अलमलिएको र चीनले प्रकाशन गरेको नक्सा सोही उपज रहेको मन्त्री साउदले  बताएका छन् । सिद्धिचरण नगरपालिकाको भवन उद्घाटनको क्रममा ओखलढुङ्गामा रहेका मन्त्री साउदले नेपाल प्रेस युनियन ओखलढुङ्गाले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन ।
पत्रकार सम्मेलनमा मन्त्री साउदले नेपालको बिग्रँदो अन्ताराष्ट्रिय सम्बन्ध हालको सरकारको अग्रसरतामा सुधारोन्मुख रहेको बताएका छन् ।

यो भन्दा अगाडी छिमेकी देशहरू सँग मात्रै नभएर अन्ताराष्ट्रिय समुदायहरू सँग पनि भर पर्दो र विश्वासको सम्बन्ध कायम गर्न नसकिएको र छलफल र वार्ता बाट नेपालको धमिलिएको अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आएको मन्त्री साउदको कथन छ । ट्याक बाहिरा रहेको डिप्लोमेसीलाई फेरी ठिक ठाउँमा ल्याएर मुलुकको आर्थिक विकास र समुन्नति यो सरकार सफल भएको दाबी मन्त्री साउदले गरेका छन् ।

मन्त्री साउदले प्रधान मन्त्री प्रचण्ड भारत भ्रमणमा रहेको बखत १० हजार मेगावाट बिद्युत् १० वर्ष भित्र निर्माण सम्पन्न गरेर २५ वर्ष सम्म भारतले खरिद गर्ने गरी सम्झौता गरिएको र यो बिद्युत् व्यापारले नेपालको काँचुली फेर्ने बताएका छन् । नेपालमा विद्युत् उत्पादनको अधिक सम्भावना हुँदा हुँदै पनि विद्युत् उत्पादन ज्यादै न्यून रहेको अब १० वर्ष भित्र १० हजार मेगावाट विद्युत् उत्पादन र खरिदका लागी सम्झौता हुनु ठुलो उपलब्धि रहेको बताएका छन् ।

यो सरकार पारदर्शितता र शुसानका खातिर पनि ज्यादै अब्बल रहेका मन्त्री साउदले बताएका छन् । यो भन्दा अघिल्लो सरकारको पालामा आर्थिक अपारदर्शिता र आर्थिक अपचलनका थुप्रै मुद्दाहरू आउने गरेको र यो  सरकारमा रहेका मन्त्रीहरूको  त्यस्ता मुद्दाहरू हाल सम्म नआएको मन्त्री साउदले बताएका छन् ।