पेप्सीकोलामा ४ वटा सवारीसाधन आपसमा ठोक्किँदा १४ जना घाइते



काठमाडौं । काठमाडौंको पेप्सीकोलामा चारवटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन् ।

आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

घटानाबारे थप विवरण आउन बाँकी रहेको ढुंगेलले बताए ।

प्रतिक्रिया दिनुहोस्