एमसीसी र बीआरआईबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट कसरै धेरै फाइदा लिने भन्नेबारेमा गम्भीरतासाथ सोच्नुपर्ने बताएका हुन् ।

उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गरे ।

‘एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।