बिदाको दिन खुलेका विद्यालयलाई कामपाले कारबाही गर्ने

0
Shares

काठमाडौं  ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ ।

सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो ।

तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाले बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको हो ।