जसपाले गौर राजनीतिक घटनाबारे यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठी गर्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको हो ।

दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरुले सम्बोधन गर्ने छन् ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्