तीन महिने अभियानले देशकै बलियो पार्टी बनाउनेछ : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिने अभियानले देशकै बलियो पार्टी बन्ने बताएका छन् ।

आज (शनिबार) पार्टीको तीन महिने रुपान्तरण अभियानको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले पार्टी एक ढिक्का भएर अघि बढे चुनौतीको सामना गर्न सकिने बताएका छन् ।

‘सिंगो पार्टी एक ढिक्का भएर अघि बढ्ने हो भने हाम्रा अघि खडा भएका सबै चुनौती सामना गर्न सकिन्छ र माओवादीलाई देशकै बलियो र भरोसायोग्य पार्टीमा रुपान्तरण गर्न सकिन्छ,’ –प्रचण्डले भने ।

उनले सरकारले गरेका काम जनतासामु पुर्याउन नसकेको बताए । तीन महिने अभियानले सरकारका काम जनतासमक्ष पुर्याउने र अभियान सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।

सरकारको कामले जनतामा नयाँ आशाको सञ्चार भएको उनले बताए । पार्टीमा पनि आशा र उत्साह बढ्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्