भ्रष्टाचारमा मेरो संलग्नता भेटिए पनि नछोड्नुस् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्।

आज समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रटाचारविरुद्धको अभियान सानो मन, विचार र उद्देश्यले सुरुवात नभएको दाबी गरे। उनले भ्रष्टाचारको छानविनका क्रममा आफ्नै संलग्नता देखिए पनि नछाड्न प्रहरी प्रशासन र अनुसन्धानमा संलग्न अधिकारीलाई निर्देशन दिएको बताए।

‘सरकार पक्कै पनि दवाबमा पनि छ, दवाब छैन भन्ने होईन । विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टाचारीहरुलाई त्यत्तिकै छाड्छ होला, आफ्ना मान्छेलाई बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रम धेरै छर्ने कोशिस भएको छ,’ उनले भने। निश्पक्ष र निस्वार्थ रुपमा अनुसन्धान गर्न आफ्नो निर्देशन रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्