अमेरिकी सिनेटर होलेन आइपुगे काठमाडौं



काठमाडौं ।

अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्। शुक्रबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर नेपाल आइपुगेको अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार उनले आफ्नो भ्रमणका क्रममा अमेरिका-नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्