प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान



काठमाडौं ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।  शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्