जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ


जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
काठमाडौं।

तारकेश्वर नगरपालिका-८ जरंखुस्थित खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा रौतहट चपुर नगरपालिका-३ घर भएका ३५ वर्षीय दिल बहादुर तामाङ समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।