एमालेको २५औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न



उदयपुर । नेकपा (एमाले)को २५औँ केन्द्रीय सचिवालय बैठक हिजो (बुधबार) सिराहाको धनगढीमाई नगरपालिका–४ स्थित सर्रै अम्बासमा सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेललगायतका सचिवालयका सदस्यहरूको सहभागी भएको सो बैठकले महत्वपूर्ण ऐतिहासिक एवं राजनीतिक प्रस्तावहरूसहित विशेष प्रस्ताव पारित गरेको छ ।

सो बैठकमा नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाउँदै बैठकस्थल सर्रै अम्वासस्थित मदन भण्डारी फाउण्डेसनको भवन अगाडि स्तम्भ राखिएको छ ।

२०४६ सालको भदौ ९ गतेदेखि १४ गतेसम्म सर्रै अम्वासमा तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो भने सोही महाधिवशसनले मदन भण्डारीलाई महासचिव पदमा चयन गरेको थियो । चौथो महाधिवेशन भएको ३४ वर्षपछि सोही ठाउँमा एमालेले २५औँ केन्द्रीय सचिवालय बैठक राखेर त्यतिबेलाको अवस्थालाई सम्झना गरेको छ ।

बुधबार भएको २५ औ केन्द्रीय सुचिवालय बैठक पश्चात् केन्दीय प्रचार विभाग प्रमख राजेन्द्र गौतमद्वारा हस्ताक्षरित ५ पृष्ठ लामो विज्ञप्तिमा चौथो महाधिवेशन भएको ३४ वर्ष पूरागरी ३५औँ वर्ष प्रवेशको सन्दर्भ पारेर २०८० भदौ १३ गते केन्द्रीय सचिवालय बैठक गरी बैठकले चौथो महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव पदमा चयन गरेकोमा सम्मान व्यक्त गर्दे यस बैठकको भावना आत्मसात गर्ने प्रतिवद्धता व्यकत गर्दछ भनिएको छ ।

सो विज्ञप्तीमा नेकपाका ऐतिहासिक मोडहरू हुँदै अघि बढेको एमाले आज नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति भएको र मूल प्रवाहमा र सही क्रान्तिकारी धारको प्रतिनिधित्व गर्छ भनिएको छ ।

पाँच पृष्ठ लामो र ८ बुँदामा समेटिएको सो विज्ञप्तीमा जनताको बहुदलिय जनवाद विजारोपण गर्न चौथो महाधिवेशनको ऐतिहासिक महत्व रहेको महासचिवमा मदन भण्डारीलाई चयन गर्नु स्वभाविक, दुरदर्शी र सही निर्णय भएको बैठकको निष्कर्ष रहेको उल्लेख छ ।

चौथो महाधिवेशनले निरङ्कुश राजतन्त्र फाल्न गरेको ऐतिहासिक निर्णय ३० वर्ष लामो पञ्चायती शासन ढाल्न अस्त्रका रुपमा रहेकोले चौथो महाधिवेशनको युगिन महत्व रहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदानहरूलाई पुनस्थापित गर्ने निर्णय चौथो महाधिवेसनले गरेको थियो ।

सो महाधिवेशनले कमरेड माओत्सेतुङले दिएका योगदानहरू र चिनियाँ क्रान्तिबाट केही सिक्ने अवसर पाएकोले आन्दोलनलाई कुनै पनि विदेशी अनुभवहरूबाट अलग राखि माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति र समाजवादको मौलिक बाटो अन्वेषण गर्न महत्वपूर्ण निर्णय गरेको बैठकले निष्कर्ष निकालेको छ ।

यसै गरी भूमिगत रुपमा भएको चौथो महाधिवेशनले मार्ग दर्शक सिद्धान्त, मूल कार्यनीति राजनीतिक शक्तिहरूका वर्गचरित्रका बारेमा बहस मतदान भएको र र्पाीको गोपनीयता कायम गर्न सबै प्रतिवद्ध भएको उल्लेख छ । उक्त विज्ञप्तिको अन्त्यमा ऐतिहासिक बैठक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न स्थानीय जनतासँग मिलेर जनताकै चहाना अनुसार पूर्वाधारका काम अघि बढाउने निर्णय गरेको उल्ल्ेख छ ।

प्रतिक्रिया दिनुहोस्