आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी



काठमाडौ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा कायम हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा खरिदबिक्री गर्न पाइनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र  बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएकाे छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.६४ पैसा  विक्रीदर ४३०.५८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्