![](https://newsofnepal.com/wp-content/uploads/2023/07/thagbahadur.webp)
काठमाडौं ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख (प्रहरी नायब उपरीक्षक) डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । केसीले १८ लाख रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनले १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई सम्बन्धित व्यक्तिसँग मोलमोलाई गरेर १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।