राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति



काठमाडौं ।

जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनलाई बुधबार दिउँसो पक्राउ गरेकाे सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्