डाक्टर बेपत्ता हुनुको कारण : प्रेम सम्बन्ध

0
Shares

उदयपुर  । 

सोमबार बिहान २ बजेदेखि बेपता डाक्टर अझै फ्ला परेका छैनन भने प्रेम सम्बन्धका कारण उनी बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ । आफूसँगै काम गर्ने जनजाती महिला डाक्टरसँग उनको प्रेम सम्बन्ध रहेकोमा घरपरिवारले उनीसँग विवाह नगर्न भनेपछि डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।

गत सोमबार बिहान २ बजेदेखि बेलका नगरपालिकाको कोठुबजार सप्तकोशी नदी किनारबाट बेपत्ता भएका ३० वर्षीय डाक्टर प्रज्वल कोइराला अझै फेला परेका छैनन् । सप्तकोसी किनारको उदयपुरको बेलका नपामा पर्ने कोठू बजारको होटल अन्डर ह्विल अगाडि आफ्नो सवारी साधन राखेर बेपत्ता भएका झापाको दमक १ घर भएका डाक्टर कोइरालाको खोजी भैरहेको बताइएको छ ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बेपत्ता डाक्टर कोइरालाको खोजीकालागि नेपाल प्रहरी सशस्त्र प्रहरी गोताखोर सँगै आफू पनि हिजो गएर खोजी गरेको जानकारी दिँदै गोताखोरको टोलीले सप्तकोशीको तल्लोभाग सम्म नै पुगेर खोजी गरे तर सप्तकोसीमा बाढी अत्यधिक भएकोले बगाएको हुन सक्ने बताए ।

डाक्टर हामफालेको ठाउँमा गहिरो भएकोले बाढीले बगाएको हुन सक्ने बताउँदै कार्कीले नदी किनारको जङगल झाडी सबैतिर खोजिएको र पानी कम भएको भए किनारामा तैरिन सक्ने अवस्था हुन्थ्यो । तर बाढीको बहाव अत्यधिक धेरै भएकोेले बगाएर नै लगेको हुन सक्ने अनुमान गरिएको बताए ।

गाडीलाई उदयपुरको कोठू बजारमा राखेर सप्तकोशी नदीको पुलको विचभागमा २ थान मोवाइल, पर्स जुत्ता लगायतका सामान छाडेर हाम फालेको र हामफाल्नुको कारणका बारेमा आफूले जानकारी पाए अनुसार डाक्टरको एक महिला डाक्टरसँग प्रेम सम्बन्ध रहेकोमा घरपरिवारले प्रेम सम्बन्धमा रहेकी महिलासँग विवाह नगर्न भनेकोले उनले कोशीमा हाम फालेको हुन सक्छ । आइतबार राती डाक्टर कोइरालासँग उनको प्रेमिका पनि आएको तर पछि प्रेमिका बाटोमा झरेपछि डा. कोइराला सप्तकोशीमा आएका थिए ।

डाक्टर कोइराला बिराटनगरको बरगाछी चोकमा रहेको लाइफ गार्ड अस्पतालबाट एकसाता अघिमात्र मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी ट्रमा सेन्टरमा काम गर्न थालेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार दमक १ स्थित आफ्नो घरबाट आइतबार राती १० बजे घरबाट निस्किएको र सोमबार राती १ बजेदेखि बेपत्ता भएका हुन । प्रहरीले खबर पाएदेखि नै उनको खोज तलास भैरहेको छ ।

सप्तकोसी किनारको उदयपुरको बेलका नपामा पर्ने कोठू बजारको होटल अन्डर ह्विल अगाडि आफ्नो सवारी साधन राखेर बेपत्ता भएका झापाको दमक १ घर भएका डाक्टर कोइरालाको खोजी भैरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार दमक १ स्थित आफ्नो घरबाट आइतबार राती १० बजे घरबाट निस्किएको र सोमबार राती १ बजेदेखि बेपत्ता भएका हुन ।

प्रहरीले खबर पाएदेखि नै उनको खोज तलास भैरहेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बेपत्ता डाक्टर कोइरालाको खोजीकालागि नेपाल प्रहरी सशस्त्र प्रहरी गोताखोर सँगै आफू पनि हिजो गएर खोजी गरेको जानकारी दिंदै गोताखोरको टोलीले सप्तकोशीको तल्लोभाग सम्म नै पुगेर खोजी गरे तर सप्तकोसीमा बाढी अत्यधिक भएकोले बगाएको हुन सक्ने बताए ।

डाक्टर हामफालेको ठाउँमा गहिरो भएकोले बाढीले बगाएको हुन सक्ने बताउँदै कार्कीले नदी किनारको जङगल झाडी सबैतिर खोजिएको र पानी कम भएको भए किनारामा तैरिन सक्ने अवस्था हुन्थ्यो । तर बाढीको बहाव अत्यधिक धेरै भएकोेले बगाएर नै लगेको हुन सक्ने अनुमान गरिएको बताए ।

गाडीलाई उदयपुरको कोठू बजारमा राखेर सप्तकोशी नदीको पुलको विचभागमा २ थान मोवाइल, पर्स जुत्ता लगायतका सामान छाडेर हाम फालेको र हामफाल्नुको कारणका बारेमा आफूले जानकारी पाए अनुसार डाक्टरको एक महिला डाक्टरसँग प्रेम सम्बन्ध रहेकोमा घरपरिवारले प्रेम सम्बन्धमा रहेकी महिलासँग विवाह नगर्न भनेकोले उनले कोशीमा हाम फालेको हुन सक्छ । आइतबार राती डाक्टर कोइरालासँग उनको प्रेमिका पनि आएको तर पछि प्रेमिका बाटोमा झरेपछि डा. कोइराला सप्तकोशीमा आएका थिए ।

डाक्टर कोइराला बिराटनगरको बरगाछी चोकमा रहेको लाइफ गार्ड अस्पतालबाट एकसाता अघिमात्र मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी ट्रमा सेन्टरमा काम गर्न थालेका थिए ।