गाईजात्रा मनाउन कामपाले शुक्रबार बिदा दियो

0
Shares

काठमाडाैं  ।

काठमाडौं महानगरपालिकाले सा पारु पर्व अर्थात गाईजात्रा मनाउन पर्सि शुक्रबार बिदा दिने निर्णय गरेको छ । कामपा मेयर वालेन्द्र साहले काठमाडौंका नेवाः समुदायको मागलाई ध्यानमा राखि १५ गते गाईजात्रा मनाउने बिदा दिने निर्णय गरेको हो ।

कामपाका प्रवक्ता नविन मानन्धरले बिदा दिने निर्णय गरेको जानकारी दिए ।स्थानीय तहले बिदा दिन पाउने अधिकार प्रयोग गरी कामपाले शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

कामपाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले नेवाः समुदायको मुख्य चाड शुक्रबार १५ गते बिदा दिने निर्णय भएको बताए । उनले भने–भोली रक्षा बन्धन हो, पर्सि सा पारु अर्थात गाइजात्रा मनाउने छौ ।