पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

0
Shares

काठमाडौं  । 

एसिया कपमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ। छैटौं ओभरको पहिलो बलमै पाकिस्तानका इमान उल हकलाई नेपालका कप्तान रोहित पौडेलले रनआउट गरेका छन्।

यसअघि करण केसीले पहिलो विकेट लिँदै नेपाललाई सफलता दिलाएका थिए। पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान १४ रन बनाएर पेभेलियन फर्किँदा इमान ५ रन बनाएर आउट भए।