गाईजात्रा मनाउन कामपाले शुक्रबार बिदा दिने तयारी

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पर्सि गाई जात्रामा बिदा दिने तयारी गरेको छ । कामपा मेयर वालेन्द्र साहले काठमाडौंका नेवार समुदायको मागलाई ध्यानमा राखी १५ गते गाईजात्रा मनाउने भन्दै बिदा दिने तयारी गरेको छ ।

यस विषयमा दिउँसो सवा ३ बजेसम्म छलफल भइरहेको छ । सम्भवती बिदा दिने गरी निर्णय गर्ने तयारीमा छौँ–कामपाका एक उच्च अधिकारीले न्युज अफ नेपालसँग भने ।

कापमाले स्थानीय तहले बिदा दिन पाउने गरी शुक्रवार बिदा दिने निर्णय गर्न लागेको हो । मेयर साहले बिदा दिने विषयमा टिप्पणी तयार गर्न कर्मचारीलाई आग्रह गरेका थिए । सोही आधारमा टिप्पणी तयार गरी मेयर र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी समक्ष पेस भएको छ ।