प्रधानमन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता



काठमाडौं ।

नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज (बुधबार) भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।

यसैगरी,  प्रधानमन्त्रीप्रचण्डसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेकाे नेतृत्वदायी भूमिकाको प्रशंसा गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्