एमसीसीका उपाध्यक्ष नेपाल आइपुगे



काठमाडौं ।

अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस.अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका छन्।

एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख भालि अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं उत्रिएका हुन्।

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्