हेलिकोप्टरद्वारा उद्धार गरिएका एक यात्रुको मृत्यु 

 एकजना त्रिवेणीमै अलपत्र 

0
Shares

 बाजुरा। 

बाजुराको धार्मिक एवं  पर्यटकीय स्थल बडीमालिकाको दर्शन गर्न गएका  एक जना यात्रुको मृत्यु भएको छ । हेलिकोप्टरबाट उद्धार गरिएका कालिकोट जिल्ला  कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारका क्रममा मङ्गलवार दिउँसो सुर्खेतमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबिन्द्रसिं बोहोराले जानकारी दिएका छन् । मङ्गलवार बिहान जिल्ला अस्पताल बाजुराबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको प्रहरी श्रोतले बताएको छ । अस्पतालका अनुसार   मृतक न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ।

दुई जनालाई मङ्गलवार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अक्सिजन अभावका कारण बिरामी भएपछि उनलाई सेनाको हेलिकोप्टर प्रयोग गरी उद्धार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं  प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए ।

मृतक  न्यौपाने बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए ।  बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी दमको रोगबाट ग्रसित थिइन् ।  उनीहरू दुबैजनालाई नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

“ त्रिवेणी धाममा स्नान ध्यान गरी बडिमालिका जाने क्रमम आज विहनै एक जना यात्रु त्रिवेणीमै बिरामी परेको खवर भर्खर प्राप्त भएको छ । उनको नाम ठेगाना खुलेको छैन । उद्धारका लागि नेपाली सेनालाई जानकारी गराएका छा,ैं ” प्रहरी नायव उपरीक्षक बोहोराले भने ।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले  आजै सुर्खेत पठाएको  जिल्ला अस्पताल बाजुराले जनाएको छ । दमकी बिरामी  धामी भने उपचार पछि सामान्य अवस्थामा आएपछि घर फर्काएको  हेल्थ असिष्टेन्ट अर्जुन विष्टले बताए ।

  बडीमालिका माताको दर्शनका लागि गएका न्यौपाने सोमबार दिउँसो २ बजेर  तिर त्रिवेणी पाटनको  खोलामा बेहोस अवस्थामा भेटिएका थिए ।  न्यौपानेलाई  नेपाली सेना दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा संचालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार गरेको हो । प्रारम्भिक उपचारपछि सोमवार नै हेलिकोप्टर मगार्यएको थियो तर खराब मौसमका कारण ल्यान्ड गर्न सकिएन ।  मङ्गलवार  बिहानै उद्धार गरेर सुर्खेत लगिएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

घाइते भएर बेहोस भएका न्यौपाने बरबराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान पर्ने दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले बताएका छन् ।

सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बडीमालिकाको त्रिवेणी धाममा गएको भएपनि मौसम खराबीका कारण उडान भर्न नसकेपछि  सोमवार थापाथली ब्यारेक मार्तडीमा ग्राउन्डेड गरिएको थियो ।

 बडीमालिका दर्शन गर्न विगत वर्ष भन्दा अत्यधिक चाप रहेको छ। दश हजार बढीको संख्यामा रहेका तिर्थालुहरु गए राति त्रिवेणी धाममा जागम गरेका थिए ।
बिहानै त्रिवेणीमा स्नान गरी बडिमालिका माईको दर्शन गन जयजयकार गर्दै  पवित्र क्षेत्र बडिमालिका प्रस्थान गरेका छन् ।

आज बेलुका बडीमालिका टाकुरामा बास बसेर भोलि बिहान माईको दर्शन गरी नाटेश्वरी फर्किने छन् , तिर्थालु युवक जनकवहादुर थापाले बताए । पीतृ कामका लागि डुबिहाल्न ( स्नान पूजा विधी ) गएका श्रद्धालु भने आजै घर फर्किने प्रचलन छ।   बडीमालिका मन्दिर  समुन्द्री सतहबाट १४ हजार फिट उचाइमा पर्छ ।
उकालो चढ्दा  विष लाग्ने हाई अल्युच्युट लाग्ने गर्दछ।

त्यसैगरी  समुन्द्री सतहदेखि १६ हजार फिट उचाइमा पर्ने बूढीनन्दा देवीको दर्शन गर्न आज बिहान छाप्रो पाटनबाट तिर्थालु भक्तजनहरु एक साथ माताको जयजयकार गर्दै ध्वजापताकासहित चरिदहमा प’छन्। चरिदह स्नानध्यान गरी मङ्गलवार बेलुका धनभराणमा  जाग्राम बसे भोलि बुधवार जनपूर्णिमाको बिहानै  चट्टान तथा हिमपहिरो काटेर बूढीनन्दा पुगेर तालमा स्नान गरी पूजाआजा सम्पन्न गरी दिउँसो  १/२  बजे सम्म सबैले त्याहांबाट भागी सक्नुपनेृ प्रचलन छ ।

 दर्शन गर्न जाने वेला पुजारीले सबैलाई एकै साथ लैजाने प्रचलन छ । फर्किने वेला को कतिवेला फर्किए एकिन हुंदैन, बूढीनन्दाका पाणपुजारा भानु बोहराले भने । बूढीनन्दाबाट फिर्कनेबेला धेरै तिर्थालुहरु बाटो बिराएर हराएका दृष्टान्त पनि छन् ।

बूढीनन्दाको छाप्रेपाटन माथि र बडिमालिकाको भितोचिन्ना भन्दा माथि टेलिफोन टावरले काम गर्दैन । प्रहरी र  सेनाको सञ्चार वहेक तिन दिनको यात्रा  प्राय सम्पर्कविहीन यात्रा हुन्छ ।