ढुङ्गाले किचिएर १७ वर्षीय युवककाे मृत्यु

0
Shares

उदयपुर ।

उदयपुरको रौतामाई गाउँपालिका -६ का एक युवकको आज बिहान माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरका अनुसार रौतामाई गाउँपालिकाको वडा नं ६ बोलुङ्खा गाउँका पृथ्वी बहादुर राईका छोरा १७ वर्षीय दिपेश राईको विहान ७ बजे घरकाट करीब ५० मिटर पश्चिममा आफ्नै बारीमा बाख्रा चराउन गएको समयमा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर दिपेश राईको शरीरमा लागेकोमा निजको घटना स्थलमै मृत्यु भएको थियो ।

प्रहरी चौकी साउने उदयपुरमा सो घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी गएर घटना स्थल सुरक्षित राखि जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटबाट खटिएको प्रहरी निरीक्षकको नेतृत्वको टोलीले आवश्यक अनुसन्धान गरी मृतकको शवलाई पोष्टमार्टमकालागि उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रनाउ चौधरीले बताए ।