प्रधानमन्त्रीले सामाजिक सद्भाव भड्काउने कार्य गर्नुभयाे : पदम गिरी



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले  जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्ति संविधान विपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाएका हुन् । प्रधानमन्त्री दाहालको उक्त भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले अभिव्यक्तिको निन्दा र भर्त्सनासमेत गरे ।

सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोपसमेत लगाए ।प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिरसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्