उदयपुरमा २ सय १६ जनामा डेगु देखियो

0
Shares

उदयपुर ।

गाईघाट स्थित उदयपुरको जिल्ला अस्पतालमा डेगु रोग लागेका २ सय १६ जना बिरामी फेला परेका छन् । अस्पतालमा ८ सय ८३ जनाको रगत परीक्षण गर्दा डेगुबाट प्रभावित २ सय १६ जना देखिएको हो ।

केही दिन अघिसम्म अस्पतालमा बिरामीको अत्यधिक चाँप बढेको र ज्वरो आउने विरामीले अस्पताल भरिएपछि रगत परीक्षण गरिएको थियो । ८ सय ८३ जनाको रगत परीक्षण गर्दा २ सय १६ जनामा डेंगु देखा परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ज्ञानेन्द्र झाले बताए ।

दैनिक ३ सयदेखि ५ सयजनासम्म उपचारकालागि अस्पताल आउने गरेकोमा शंकास्पद विरामीको रगत परीक्षण गर्दा २ सय १६ जनामा डेगु देखापरेको हो । ज्यादै गम्भिर प्रकृतिको डेगु भने देखा नपरेको जानकारी दिदै मेसु डा. झाले गम्भिर प्रकृतिको डेगुका बिरामीको यहाँ उपचार सम्भव नभएकोले सुविधा सम्पन्न अस्पतालमा थप उपचारकालागि पठाउने बताए ।

अस्पतालका सूचना अधिकारी योगेश्वर खनालका अनुसार केही दिनदेखि अस्पतालमा बिरामीको चाँप अत्यधिक बढेकोले थेग्न नसकिने अवस्था रहेको छ । ५० शेयाको बेड क्षमता रहेको भएपनि सयजनाभन्दा बढीलाई देनिक भर्ना गरेर उपचार गर्नु पर्छ ।
जनशक्ति अनुसारको सेवा सुविधा दिने काम भैरहेको छ तर बिरामीको चाँपले उपचाकालागि स्थान अभाव भैरहेको सूचना अधिकारी खनालले बताए ।

नेपाल सरकारबाट ५० शैया स्वीकृत भए पनि अस्पतालको श्रोत साधन र क्षमता अनुसार सय जनासम्म बिरामीलाई सेवा दिंदा पनि बिरामीको चाँपले स्थान अभाव हुँदा भुँईमा सुताएर उपचार गर्न बाध्य हुनु परेको छ खनालले गुनासो पोखे । मे. सु. डा. झाका अनुसार अहिले अस्पतालमा ज्वरोका बिरामी बढी आउने गरेको र वर्षाको र गर्मीको मौसम भएकोले त्यस्ता ज्वरोका बिरामी मध्ये कतिपयलाई डेगु देखापरेको हो । तर कडा प्रकृतिको डेगु जो भर्ना गरेर नै उपचार गर्नु पर्ने भए पनि उपचारपछि निकै हुँदै गएको छ ।