सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ



उदयपुर ।

उदयपुर जिल्ला अदालतबाट दोषी ठहर भै सजाय तोकिएका तर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालत समक्ष बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत भदौ ९ गते राती पौने दस बजेको समयमा चौदण्डीगढी नगरपालिका वडा नं १० देवधार गाउँमा बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चौधरीलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा उदयपुर जिल्ला अदालतले २०७५ असार १२ गते दोषी ठहर गरी ११ महिना १० दिन सजाय र रु ५० जरिवाना हुने फैसला गरेको थियो ।

फरार अवस्थामा रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी निरीक्षकको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले खोजतलास गर्दै जाँदा चौदण्डीनगरपालिका वडा नं ६ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएर आवश्यक अनुसन्धान तथा सोधपुछ पश्चात सम्मानित अदालतको फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्