दाङका सिडिओ सुशील वैद्य गृह मन्त्रालयमा तानिए

0
Shares

काठमाडौं ।

ललिता निवास प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएका छन् ।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो। वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ।