हमलाको योजना बनाउने पाकिस्तानी डाक्टरलाई १८ वर्ष जेल सजाय

0
Shares

एजेन्सी ।

अमेरिकामा आक्रमणको योजना बनाउने एक पाकिस्तानी डाक्टरलाई जेल सजाय तोकिएको छ ।  एच–१ भिसामा काम गर्ने एक पाकिस्तानी डाक्टरलाई आतंकवादी संगठन आइएसलाई भौतिक सहयोग उपलब्ध गराएको आरोपमा पक्राउ परेका थिए । हालै ती डाक्टरलाई जेल सजायँ तोकिएको हो ।

अमेरिकन सञ्चार संस्थाका अनुसार अमेरिकामा ‘लोन वुल्फ’ आतङ्ककारी हमला गर्ने प्रयास गरेको आरोपमा उनलाई १८ वर्षको जेल सजाय सुनाइएको हाे। ब्यक्तिगत रिस र बदलाको लालसाबाट सम्पूर्ण घटना गराउने व्यक्तिलाई ‘लोन वुल्फ’ आक्रमणकारी भनिन्छ ।

३१ वर्षीय मुहम्मद मसूदलाई आइएसलाई भौतिक सहयोग गर्ने प्रयास गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइएको न्याय मन्त्रालयले पुष्टी गरेकाे छ । मसुदले गत वर्ष आफ्नो अपराध स्वीकार गरेका थिए। उनी पाकिस्तानमा लाइसेन्स प्राप्त मेडिकल डाक्टर थिए र पहिले एच एन–१ बी भिसा अन्तर्गत मेडिकल क्लिनिकमा काम गरिरहेका थिए। सोही क्रममा उनले आईएससँग सबन्ध बिस्तार गरेर अमेरिकामा हमला गर्ने योजना बनाएका थिए ।