केन्द्रीय बस ट्रमिनललाई नमूना बसपार्क बनाउँछौँ : प्रमुख दाहाल

0
Shares

चितवन।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्कका रूपमा विकास गर्ने बताएकी छन् । बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन् ।

बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको प्रमुख दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमूना बसपार्क बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।

बसपार्कको रङरोगन, कालोपत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एकसाथ अगाडि बढाइएको उनले जानकारी दिइन् ।