मन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण, वीर अस्पतालमा उपचार हुँदै  

0
Shares

 काठमाडौँ। 

 युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएसँगै वीर अस्पताल भर्ना गरिएको छ । मन्त्री लिम्बूलाई शनिवार वीर अस्पतालमा भर्ना गरिएकोको हो ।

मन्त्री लिम्बूलाई १०२  ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षणहरु देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि शुरु गरिएको भिआइपी कक्षमा उपचारा गराई रहेका  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी गराए ।

डा.बस्नेतका अनुसार डा. लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्।   उनको उपचार भिआइपी कक्षमा भिआइपी उपचारका लागि गठित समितिका सदस्य डा ध्रुव गैरेको टिमले गरिरहेको छ ।

मन्त्री लिम्बूलाई अझै केही दिन वीर अस्पतालको भिआइपी कक्षमा राखी उपचार गरिने पनि डा.बस्नेतले जानकारी गराए ।