चितवनबाट हराएका युवाको शव धादिङमा भेटियो 

0
Shares

धादिङ। 

चितवन जिल्लाबाट हराएका एक युवाको धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ खानीखोला जंगलमा बिहीबार शव फेला परेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रबिसे निवासी २२ वर्षीया रतन श्रेष्ठ साउन ३१ गते धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ खानीखोला स्थित भिरमा आएका थिए । घरमा २/४ दिन फोन लाग्दैन भनेर  अन्य दुईजनासंग आएका श्रेष्ठ घर नफर्किएपछि खोजी भएको थियो ।

बिहीबार  स्थानीय बासी र पहरीले खोजी गरेपछि शरीर सुन्निएको अवस्थामा खानीखोला जंगलको खोल्सामा शव  भेटिएको खोजी कार्यमा संलग्न ताल्तीका सामाजिक कार्यकर्ता तुलसीजंग थापाले बताए ।

गाउँमा आएरमयूजिक भिडियो बनाउने क्रममा  आरोपितहरू साथीको खोजी नगरी आफ्नो घरतिर लागेपछि भएको खोजिको क्रममा शव भेटिएपछि अनुसन्धानमा प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

श्रेष्ठ चितवन जिल्ला भरतपुरनगरपालका वडा नम्बर ४ दुर्गाचोकका २५ वर्षीय विजय गौतम र सिराहा जिल्ला घर भएका २१ वर्षीय योगेन्द्र शाह म्युजिक भिडियो बनाउन धादिङको सो क्षेत्रमा आएको बुझिएको र कर्तव्य गरी  हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । गौतम र शाहविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । आरोपितहरू हिरासतमा रहेका छन् ।

शवको पोस्टमार्टम शिक्षण अस्पतालमा गर्नुपर्ने मृतकका बाबुआमाको माग पछि जिल्ला शिक्षण अस्पतालमा शव लगिएको छ । प्रहरीले यसबारे जानकारी दिएको छैन । आरोपितहरूमध्ये शाहलाई सिराहाबाट र गौतमलाई मलेखुबाट पक्राउ गरेको हो । पीडितपरिवार निष्पक्षक छानविन र कर्तव्य गरी  हत्या गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गजुरीमा पुगेका छन् ।