वडाध्यक्षसहित जुवाको खालबाट ८ जना पक्राउ

0
Shares

काभ्रे ।

पाँचखाल नगरपालिका-४ स्थित पाँचखाल बजारमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित आठ जनालाई प्रहरील पक्राउ गरेको छ।

शुक्रबार दिउँसो ४ बजेतिर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवार, नेपाली काँग्रेसका नेता हरि ठकुरी, मित्र भुजेल, एमालेका नेता तथा कर्मचारी समेत रहेका प्रकाश सापकोटा सहित छन् । यस अघि पनि वडा अध्यक्ष दनुवार पटक पटक पक्राउ परे पनि छुट्दै आएका थिए ।

उनीहरूको साथबाट १ लाख ९० हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिए।