एमाले फुटको कारण ललिता निवास काण्ड: डा.कँडेल

गतल गर्नेलाई कारबाही गराउन उच्च स्तरीय समिति

0
Shares

धादिङ ।

गलत निर्णय गरी गलत काम गर्नेलाई राजनीतिक रूपमा चोख्याउन थालेपछि एमालेले त्यसको विरोध गर्दै उच्चस्तरीय समिति बनाएर छानबिन गर्न जोड दिएको नेकपा एमालेका लेखा आयोग अध्यक्ष डा.पुष्प कँडेलले बताए ।

धादिङबेसीमा शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताउनु भएको हो। गलत गर्नेलाई कारबाही गराउन उच्चस्तरीय समिति आवश्यक भएकोले ढिलो गरी माग पूरा भएको उनको भनाइ छ। नेपालमा बढ्दै गएको आर्थिक मन्दी तत्काल हटाउने तर्फ वर्तमान सरकार गम्भीर हुन नसकेको आरोप लगाउँदै लेखा आयोग अध्यक्ष डा.कँडेलले दक्षिण एसियाका देशमा आर्थिक मन्दी नभएको अवस्थामा नेपालमा १० प्रतिशत मात्र जनताको मत भएको शक्तिले जथाभाबी शासन चलाउँदा यस्तो अवस्था आएको बताए ।

पार्टीका जिल्ला तहका नेता कार्यकर्तालाई  नीति सिद्धान्त र भावी कार्य योजनाका बारेमा जानकारी दिन नेकपा एमाले धादिङले  प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प कँडेल बताए  ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय   सदस्य एवम् स्कुल विभागका  उप प्रमुख ईश्वरी रिजाल , धादिङ जिल्ला इन्चार्ज केन्द्रीय सदस्य धर्मदत्त देबकोटा लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनु हुनेछ। कार्यक्रममा धादिङ जिल्लाबाट केन्द्रीय बिभाग बागमती प्रदेश कमिटीका सदस्यहरू  जिल्ला कमिटीका सदस्यहरू,पालिका कमिटीका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ।