विद्युत प्राधिकरणको कार्यालयमा आगलागी

0
Shares

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ। कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ।

काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।