अहिलेसम्म कानुनभन्दा बाहिर कुनै निर्णय गरेको छैन : अध्यक्ष ओली

प्रचण्ड र नेपालले जनता जुधाएर ताली बजाउन खोजे

0
Shares

भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको बताएका छन् ।  आज भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको बृहत् भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा आफ्नो सरकारको पालामा कानुन पल्टाएर मात्रै निर्णय गरेको बताए ।

भ्रष्टाचारका काण्डहरुलाई छोप्न एमालेले गर्‍यो भनेर पन्छाउन खोजिएको भन्दै उनले कानुनले आफूलाई हतकडी लगाउन सक्ने कुनै ठाउँ नरहेको बताए ।उनले भने , ‘म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शब्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । ’

आफूलाई फसाउन बिरोधीहरुले माकुराको जालो बुनिरहेको भन्दै आफूले आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको बताए । उनले माकुराको जालोमा भैँसी पर्दैन भन्दै उनले भने,‘झुटैमा जाने हो भने बेग्लै कुरा हो ,केपी ओली ढुक्कले भन्छ कुनै गल्ती गरिएको छैन,मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले सत्यका विरुद्ध काम गर्छन् ,तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् ।’

झुठो आरोपमा आफूलाई कसैले गोली हान्न सक्ने बताउदै यसमा आपत्ती नरहेको भन्दै पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष भुक्तान भइसकेपछि पनि ४ वर्ष अझै थुनिएको भन्दै अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो’  उनले भने।

‘मलाई पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद ग¥यो,दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो,म १४ वर्ष जेल बसे उनले भने,केपी ओली ढुक्कले बोल्छ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरुद्ध, सत्यका विरुद्ध जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरुद्ध काम गर्छन् ।

बिरोधीका षडयन्त्र केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न जिउँले थाहा पाउँछ उनको भनाई थियो ।ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाए । उनले भने,‘नुवाकोटमा कहिले–कहिले गोरु जुधाइन्छ , ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, ‘पुष्पकमल दाहालजी र माधवकुमार नेपालजी त्यसै गरिरहनुभएको छ, जनता जुधाइरहेका छन् ।’

सामाजिक संजाल अमर्यादित बन्दै गएको बताउँदै उनले सामाजिक एकता भड्किन दिन नहुने उल्लेख गरे ।‘सामाजिक सञ्जाल खोलर हेर्नुस् त, के बोलेको हुन्छ त्यहाँ,के हो त्यो , के पढाइँदै छ हाम्रा केटाकेटीहरूलाई? बुद्धिजीवी,वकिलहरू, निराधार,फेसबुकको हिरो हुनका लागि बोल्छन्,देखिराखेका छौं , उनले भने  ।

यो खालको एउटा फोहोरी हावा बगेको छ,’ उनले भने ‘एउटाले तुरून्तै छाप्न सक्छ , केपी ओलीलाई हतकडी लाग्यो, जेल गयो ,जेल ।’
कोशी प्रदेशमा प्रचण्ड र नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउँदै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए। ।‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ राई,किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन् ।’

कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्नेने नै बाहिर निस्केर विरोध गरेको बताउँदै जनजातिको नाममा प्रचण्ड र माधव नेपाल बाहुनले लडाएकोले सचेत हुनुपर्ने बिचार व्यक्त  गरे  ।

उनले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्नेगरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको जिकिर गरे ।