सामाजिक सञ्जालमार्फत ५० लाख ठगी, २ जना पक्राउ

0
Shares

काठमाडौँ

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव रहेका छन्। उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो ।

उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ ।

उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट थप सात दिनको म्याद लिई अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ।