सुन तस्करसँग कनेक्सन रहेका अध्यागमनका महानिर्देशकलाई गृहमा तानियो

गृहद्वारा आन्तरिक छानबिन शुरु 



काठमाडौं  ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई अध्यागमन विभागबाट हटाएर मन्त्रालयकै वरण्डा शाखामा राखेको छ ।

महानिर्देशक अधिकारीको ६० किलो सुन तस्करीका मुख्य योजनाकार मध्ये एक रहेका दावा छिरिङसँग कनेक्सन रहेको समाचारहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको  हो ।

उनलाई मन्त्रालयमा तानेर आन्तरिक छानबिन थालिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयका एक अधिकृतका अनुसार सुन तस्कर दावासँग कनेक्सन रहेको सम्बन्धमा अधिकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिआइबीको छानबिनमा रहेका अधिकारीले सुन तस्कर दावासँग विभिन्न समयमा वीच्याट मार्फत ठुला- ठुला डिलहरू गरेको र दावालाई सघाउ पु¥याएको यथेष्ट प्रमाणहरू फेला परेको सिआइबीका अनुसन्धान अधिकृतहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्