![](https://newsofnepal.com/wp-content/uploads/2023/08/Miss-Newa-1.jpg)
नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन्।
सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि चुम्दै नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्। नेप्लिज फेसन होमको आयोजनामा मंगलबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभूषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा उनी प्रमुख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधि विजेता पनि भएकी छन्। त्यसैगरी, काठमाडौंको म्हेपीकी रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेन्ड रनर्सअप भएका छन्। रिधिशा र मिनशाले पुरस्कारवापत क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्।
प्रतियोगितामा तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेन्ड रनर्सअप र मिस फ्रेन्डसिप, कृष्टी प्रजापति मिस ट्यालेन्ट र तस्वीर मिस फोटोजेनिक, तुलसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्सअप, रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप, तुलसा प्रजापति वेस्ट हेयर, अंशु प्रजापति वेस्ट नेपाल भाषा, एडिझना श्रेष्ठ वेस्ट ड्रेस, खुसी डंगोल मिस कल्चर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता भएका छन्।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख तथा मिस नेवा ः नेपाल ११३१ सुनिता डंगोलको प्रमुख आतिथ्य र समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्। प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आपूm मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आपूmलाई पूर्व मिस नेवाः नभई मिस नेवा ः मात्र भन्न आग्रह गर्दै एक पटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्। उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएकोसमेत बताइन्।
समाजसेवी देवराज डंगोल, मिस नेवाः नेपाल ११४२ सलिना महर्जन, सञ्चारकर्मी तथा खेलाडी रमा सिंह, टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, उप्रेती सेवा समाज समितिका अध्यक्ष शोभित उप्रेती र केन्द्रीय सचिव बलराम प्रसाद, भक्तवीर सिंह तुलाधर फाउन्डेसनका अध्यक्ष अवाणी तुलाधरलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकम प्रमुख सञ्चालन अधिकृत कार्यालयका प्रबन्धक सरोजकुमार शाक्य प्रमुख निर्णायक थिए भने नेपाल क्योकुसिन सेशिन काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठ, आईपीडीजी लायन्स क्लब अफ डिस्टिझक ३२५ यल मणिश्री रत्न बज्राचार्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, दन्त विशेषज्ञ डा. शिक्षिता श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन र नेपाल बक्सिङ फेडेरेसनका अध्यक्ष राम अवाले निर्णायक थिए।
कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चाालन र राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिसः नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो।