चन्द्रमिसन सफल भएकोमा ओलीले मोदीलाई दिए बधाई



काठमाडौं ।

भारतको चन्द्रमिसन सफल भएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज भारतको चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ ।

यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।

प्रतिक्रिया दिनुहोस्