बुबाको निधनको खबरबाट बेखबर ओल्गा



मेड्रिड, (एजेन्सी) । स्पेनकी कप्तान ओल्गा कार्मोनाले महिला विश्वकपको फाइनल खेलिरहँदा उनका बुबाको निधन भइसकेको थियो । उनले टोलीका लागि गरेको एक गोलमै स्पेनले महिला विश्वकपको उपाधि उचालेको थियो । तर, यो खेल भइरहुन्जेल ओल्गाले उनका बुबाको देहान्त भइसकेको कुरा भने थाहा थिएन ।

रिपोर्टले जनाएअनुसार रोगबाट जुधिरकेका उनका विरामी बुबाको निधन शुक्रबार नै भइसकेको थियो । त्यतिबेला ओल्गा फाइनलको लागि तयारी गरिरहेकी थिइन् । फाइनल खेल आइतबार राति सिड्नीमा भएको थियो ।

स्पेनी मिडिया रेलेभोले बताए कि ओल्गाका परिवार र साथीहरुले उनलाई यो दुःखद खबर नभन्ने निर्णय लिएका थिए । उनले फाइनलको लागि ध्यान केन्द्रीत होस् भनेर यस्तो कठिन निर्णय लिनु परेको परिवारले बताएको थियो । उनका आमा र दाजुभाइहरु शनिबार अस्टे«लिया पुगेका थिए ।

खेलपछि दुःखद खबर थाहा पाएकी ओल्गाले सामाजिक संजालमा लेखेकी थिइन्—मलाई थाहा छ तपाईले मलाई राति हेरिरहनु भएको छ । यसमा तपाईमाथि गर्व छ । तपाईको कारण मैले शायद विजयी गोल पनि गरेकी होला । ड्याड रेस्ट इन पिस । खेल हुन अघि मसँग स्टार थियो । मलाई त्यसैले तपाईले केही अलग उपलब्धि हासिल गराउन शक्ति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्