अलहिलालमा नेयमारलाई भव्य स्वागत



लन्डन, (एजेन्सी) । अल हिलालमा आबद्ध भएका ब्राजिलका फरवार्ड नेयमारलाई हजारौं समर्थकले भव्य स्वागत गरेका छन् । खेलाडी सार्वजनिक गर्ने कार्यक्रममा उनलाई आतिशबाजीका साथ स्वागत गरिएको हो । रियादको किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा उनलाई पहिलो पटक सार्वजनिक गरिएको थियो । नेयमारको जर्सी निलो रंगको रहेको छ ।

नेयमारलाई फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी प्रो लिगको टोलीले गत मंगलबार अनुबन्ध गरेको थियो । उनको स्थानान्तर मूल्य ९० मिलियन युरो रहेको छ । यसअघि साउदी क्लबहरुले युरोपेली लिगका चर्चित खेलाडी करिम बेन्जमा, नगोलो कान्टे, जोर्डान हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबेर्टो फिर्मिनोलाई अनुबन्ध गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्