सशस्त्रका एसपी सुमन थपलियाको निधन



वीरगन्ज।

सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको हो ।

शनिवार बिहान साईकलमा गढीमाई गएर आएका एसपी थपलियाको दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।उनका अनुसार साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका उनी आराम गरेकै ठाउँमा अचेत भएका थिए।

उपचारका लागि वीरगन्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पु–याउनु भन्दा पहिले नै थपलियाको मृत्यु भएको प्रजिअ रेग्मीले बताए । नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्